Section 63
पारिश्रमिक तथा अन्य सुविधाको भुक्तानीे
(१) श्रमिक आपूर्तिकर्ताको इजाजतपत्र खारेज भएमा
त्यस्तो श्रमिक आपूर्तिकर्ताले पन्ध्र दिनभित्र श्रमिकलाई भुक्तान गर्नु पर्ने पारिश्रमिक तथा अन्य
सुविधा बापतको रकम भुक्तान गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा उल्लिखित अवधिभित्र श्रमिकले पाउने पारिश्रमिक तथा अन्य सुविधा
बापतको रकम भुक्तानी नगरेमा इजाजतपत्र जारी गर्ने विभाग वा कार्यालयले श्रमिक
आपूर्तिकर्ताले इजाजतपत्र लिँदा जम्मा गरेको धरौटी वा बैङ्क ग्यारेण्टीको रकमबाट त्यस्तो
श्रमिकलाई निजले पाउने पारिश्रमिक तथा अन्य सुविधा दिलाई दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम धरौटी वा बैङ्क ग्यारेण्टीको रकमबाट पारिश्रमिक र अन्य
सुविधा भुक्तान गर्न नपुग भएमा दामासाहीले भुक्तान गर्नु पर्नेछ । त्यसरी भुक्तान गर्दा बाँकी
पारिश्रमिक र सुविधाको हकमा श्रमिक आपूर्तिकर्ता संस्था खारेज वा विघटन भएको भए प्रचलित
कानून बमोजिम हुनेछ । त्यस्तो संस्था खारेज वा विघटन नभई अन्य काम कारबाही गरिरहेको
भए कार्यालयले त्यस्तो संस्थाको अन्य सम्पत्तिबाट पारिश्रमिक र अन्य सुविधा भुक्तानी गर्न आदेश
दिनेछ ।